Share Icon

२१ बैशाख, काठमाडाैं ।  मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ ।

यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७  वटामा बिभाजन गरिएकाे छ ।

पछिल्लो समय मालिका गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाध्यक्ष भजेन्द्रमान पुन अहोरात्र खटिरहनु भएको छ ।

वडाध्यक्ष पुनले पछिल्लो समय भएको विकासले वडाको स्वरुप नै परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, तटबन्धन लगायतको क्षेत्रमा पारित भएका योजना तथा कार्यक्रमहरु निरन्तरता दिइएको छ, यी क्षेत्रमा छुट्याइएको बजेटअनुसार काम भइरहेको छ ।’

 उहाँले भन्नुभयो, ‘चालु अर्थिक बर्षकाे ६५ प्रतिशत काम गरेर सकेकाे अब चाडै बाँकी काम सक्ने तयारीमा छाैं ।’

सबैकाे साझा मान्छे रहेकाे निरन्तर रूपमा सेवामा लागीरहने प्रतिबद्ता वडा अध्यक्ष पुनले व्यक्त गर्नुभयाे ।

उहाँले वडामा शिक्षा, स्वास्थ्य, कृषि, सडक र खानेपानीलाई विशेष जोड दिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो वडामा कृषिलाई बढी प्रथामिकता दिइएको छ,

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ४ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon