नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष थापा
हस्ता विष्ट
११ वैशाख, काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली ९ कृष्ण गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ ।
गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा।वि।स। को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।
गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बौदीकाली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष खिम बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
बौदीकाली गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खिम बहादुर थापा ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडाबाट पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ । ”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।
त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ढलान र कालोपत्रे गर्ने कामहरु सम्पन्न गरेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ । ”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउन्ुभयो ।
त्यस्तै विद्युतको क्षेत्रमा सबै वडामा पुर्ण रुपमा विद्युत लाईन पराईसकेको र केहि नपुगेको ठाउँमा मर्मत सम्भार गर्ने कामहरु तीव्र गतिमा भईरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा वडाबासीहरुको घर घरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ”
वडा अध्यक्ष खिम बहादुर थापाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।