शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष कार्की
८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ मा अहिले विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोध बहादुर कार्की वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बोध बहादुर कार्कीले बताउनुभयोे । वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका…
