Share Icon

८ फागुन, काठमाडाैँ  । गण्डकी प्रदेश कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ मा अहिले विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोध बहादुर कार्की वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बोध बहादुर कार्कीले बताउनुभयोे ।

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

उहाँ पहिले विगत लामो समय देखि समाज सेवामा निरन्तर काम गरेर आउनुभएको हो । त्यसै त उहाँ वडाबासीहरुको रोजाईमा पर्न सफल वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ” वडामा रहेका गरिब तथा पिछडिएका बाल बालिकाहरुलाई पोखरा महानगरपालिका र उद्योग वाणिज्यसंघको पहलमा विभिन्न टोल टोलमा शिक्षामुलक कार्यक्रम दिने, बाल क्लबको गठन गर्ने काम भईरहेको छ । ”

वडामा शिक्षालाई पहिलो प्राथमिकता दिदै सामुदायिक विद्यालयमा कुनै विद्यालयमा भवन निमार्ण गर्ने, कुनै विद्यालयमा गेट निमार्ण गर्ने र कुनै विद्यालयमा कम्प्युटर राख्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा बनाउनको लागि बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । त्यस्तै वडामा ऐतिहासिक चौतारा निमार्ण गर्ने कामहरु भईरहेको उहाँको भनाई छ ।

कृषिको क्षेत्रमा मध्यनजर गर्दै कृषि उत्पादन बढाउनको लागि सिचाईको लागि कुलो निमार्ण गर्ने काम तीव्र गतिमा भईरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

त्यसै गरी बाटो सडकको क्षेत्रमा बाटो चौडा बनाउने , बाटो रिसालिङ गर्ने र स्तरउन्नति गर्ने कामहरु निरन्तर भईरहेको उहाँले बताउनुभयो ।

महिला तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो । विपन्न वर्गका सुत्केरी महिलाहरुको लागि सुत्केरी पोषण बापत २५०० रकम वितरण गर्ने व्यवस्था गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो ,  ” वडामा धेरै योजनाहरु रहेका छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको समग्र विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले प्रष्ट पार्नुभयो । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon