बारागढी गाउँपालिका वडा नम्बर ३ मा तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम
काठमाडाैं । बाराकाे बारागढी गाउँपालिका वडा नम्बर ३ मा तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम आयाेजना भएकाे छ ।
बारागढी गाउँपालिका राेजगार सेवा केन्द्रले कृषक स्तरिय आधुनिक तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिमकाे आयाेजना गरेकाे हाे ।
तालिमकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष उमेश प्रसाद साहले अर्गानिक तरकारी खेती गरेर भारतीय तरकारी आयात राेक्नुपर्ने धारणा राख्नुभयाे ।
त्यस्तै उहाँले सहभागीहरुलाई तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी तालिमबाट सीप सिकेर व्यावसायिक बन्न आग्रह समेत गर्नुभयाे ।
उहाँले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी याे तालिम आयाेजना गरिएकाे जानकारी दिनु भयाे ।
उहाँले तालिममा ५० जना युवाहरूकाे सहभागिता रहेकाे थियाे । राेजगार सेवा केन्द्रका अनुसार पुन: एकीकरण कार्यक्रम अन्तर्गतअन्तर्गत तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम सञ्चालन गरिएकाे हाे ।







