Share Icon

२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं.४का वडा अध्यक्ष राम बहादुर डाँगीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य,शिक्षा, खानेपानि,सरसफाई, सिचाई, बाटो सडक, कृषि तथा बिजुल्लि बत्तिको क्षेत्रमा राम्रो काम भएको वडा अध्यक्ष डाँगीले बताउनुभयो ।

त्यस्तै स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि,सिचाई, कृषि, बाटो सडक तथा सांस्कृतिक क्षेत्रमा पनि राम्रो विकास भएको उहाँले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । उहाँ सबै वडाबासीको मन मुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ ।

शिक्षा, स्वास्थ्य,खानेपानि,सरसफाई, बाटो सडक,सिचाई तथा कृषिलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । शिक्षा क्षेत्रको लागि चार वटा विद्यालयमा पङखा जडान गरेको र विपन्न वर्गका बालबालिकाहरुलाई निशुल्क झोला,कपि,शिक्षण सामाग्री वितरण गरेके उहाँले बताउनुभयो ।

त्यस्तै वडामा लैंगिक विभेद सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको वडा अध्यक्ष डाँगीले बताउनुभयो । कृषि क्षेत्रको लागि खेत जोत्ने मेसिन र घास काट्ने मेसिन उपलब्ध गराएको उहाँले बताउनुभयो । वडा नं.४ जनसंख्याको हिसाबले ठुलो वडा रहेकोले यस वडालाई सहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडामा युवाहरुको लागि वडा स्तरीय खेलकुदमा जोड दिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रको लागि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको वडा अध्यक्ष डाँगीले बताउनुभयो । कर्णाली प्रदेशसंग समन्नय गरेर लिप्टिङ खानेपानि सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेर निरन्तर काम अगाडि बढाई रहेको उहाँले बताउनुभयो । अन्त्यमा उहाँले, जसरी जनताले मलाई अमुल्य भोट दिएर विश्वास गरेर जिताउनुभयो त्यसरी नै जनताको विश्वास टुट्न दिने छैन । सदैव वडाको चौतर्फी विकासको लागि लागि पर्ने छु ।

Facebook Comments Box

Share Icon