सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा वडा भेला सम्पन्न
काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ का योजना छनौट गर्नका लागि नुवाकाेटकाे सुर्यगढी गाउँपालिकाका वडाहरूमा वडा भेला भइरहेका छन् ।
साेही क्रममा सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा वडा भेला सम्पन्न भएकाे छ । वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको अध्यक्षता सम्पन्न भएकाे वडा भेला वडा सचिव दिनेश श्रेष्ठले सञ्चालन गर्नु भएकाे थियाे ।
वडा अध्यक्ष तामाङले बस्तीस्तरबाट छनाेट भई आएका आवश्यक याेजना तथा कार्यक्रमलाई प्राथमिकताकाे आधारमा छनाेट गरी तेह्राैँ गाउँसभामा पेश गर्ने जानकारी दिनुभयाे ।
वडा भेलामा सहभागि अधिकाशं वक्ताहरूले १ नम्वर वडा ठुलो र बिकट रहेको भन्दै वडा बजेट बाहेकका अन्य योजनाहरुमा समेत १ नम्वर वडालाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएकाे थियाे ।
वडा भित्रका विभिन्न टोल बस्ती तथा समुदायमा अति आवस्यक रहेका योजना तथा कार्यक्रमहरुको छनोट र प्राथमिकीकरण गरी योजनाहरुको शिर्षगत टिपोट र राय सल्लाहकाे साथै सुझाव सङ्कलन गरिएकाे वडा सचिव श्रेष्ठले जानकारी दिनुभयाे ।
वडा भेलामा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सक्रिय राजनितीक दलका प्रतिनिधि, टोल विकास सुधार समितिका प्रतिनिधि, समाज सेवी बुद्दिजिवी, संघ सस्था, सहकारी सस्था, युबा क्लब, बालक्लब, विद्यालयका प्रतिनिधि, महिला समूह, लक्षित समूह, महिला स्वास्थ्य स्वयं सेविका लगायत वडाबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।









