जेष्ठ नागरिक तथा अशक्तहरुका लागि घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउँदै वडा अध्यक्ष श्रेष्ठ

Share Icon

२५ माघ, काठमाडाैं।  नेपाल सरकारले जेष्ठ नागरिक, अपांग, एकल महिला लगाएत समुदायका विभिन्न उत्पिडित वर्गहरुलाई लक्षित गरि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा पनि विभिन्न वडाहरुमा बैंक आफै गएर वडा कार्यालय वा घुम्ति शिविर सञ्चालन गरि भत्ता वितरण गरिरहेको छ ।

तर आरुघाट गाउँपालिका वडा नम्बर १० को भने परिस्थिति भिन्न छ । त्यहाँ वडा अध्यक्ष सन्जित श्रेष्ठ वुद्ध अशक्तहरुका लागि पञ्जिकरण शाखा र बैंक संग समन्वय गरि आफै भत्ता वितरण गर्न प्रत्यक्ष घरघर सम्म पुग्नुभएको छ ।

उहाँ भन्नु हुन्छ , ‘सरकारले जेष्ठ नागरिकलाई सहारा दिनको लागि भत्ता दिएको हो । उहाँहरुलाई घन्टौ हिडाएर बैंकमा लाएन बद्ध अवस्थामा राख्दा उहाँहरुको मतको अपमान हुन्छ । घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याएर उहाँहरूलाई केही हदसम्म सहज वातावरण बनाउने प्रयत्नमा लागी परेकाे छु ।’

जनप्रतिनिधि भनेको जनतासंग प्रत्यक्ष उहाँहरुको पिर मर्कामा सहायता दिन सक्ने हुनुपर्दछ । वडा अध्यक्ष श्रेष्ठले आगामि दिनमा यसरी नै जेष्ठ नागरिक र अशक्तहरुका लागि घरघरमै भत्ता पुराईरहेको पनि बताउनुभयो ।

यो संगै वडा नम्बर १० का सम्पुर्ण जेष्ठ नागरिक एवंम अशक्त सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुमा खुसी छाएको छ ।

वडा अध्यक्ष सन्जित श्रेष्ठ भत्ता वितरण गर्दै

 

वडा अध्यक्ष सन्जित श्रेष्ठ भत्ता वितरण गर्दै 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.