Share Icon

१० माघ काठमाडाैँ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नंं २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम कृष्ण भण्डारी ।

मेलुङ गाउँपालिका वडा नंं. २ लाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राम कृष्ण भण्डारी अहोरात्र खटिरहनु भएको छ ।

उहाँ स्थानीय तहकाे निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती गठन गर्ने प्रकृया सकेर योजनाका कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा विशेष प्राथमिक्ता कृषिलाई राखेर योजनाका काम तिव्र गतीमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउने लक्ष्य सँगै चार हजार भन्दा बढी किवीको विरुवा रोप्ने काम सम्पन्न भएको बताउनुभयो ।

वडामा खानेपानी लगाएत सडकहरुको काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जनतालाई आर्थिक रुपमा जोड्नका लागी वडामा डेरी स्थापना गर्न बजेट विनीयोजन गरेका छौँ र फाल्गुन महिना भित्र डेरी स्थापना गरीसक्ने योजनाका साथ काम गरीरहेका छौँ ।

उहाँले वडामा रहेका जनतालाई मध्यनजर गर्दै वडामा यो वर्ष भित्र आधारभुत स्वास्थ्य चौकी स्थापना गर्ने याेजना रहेकाे बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युवाहरुलाई डेरी स्थापना गरेर रोजगार सँगै मेकानीकल सम्बन्धी तालिमहरु प्रदान गर्ने र महिलाहरुलाई सिलाई कटाई जस्ता सिपमुलक कार्यक्रमहरु गर्ने योजनामा समेटेका छौँ ।

त्यसैगरी दलित वर्गहरुलाई पशुपालनमा ध्यान केन्द्रित गराएको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि सघं संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र लगाएत वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon