विकास निमार्ण कार्यहरु अगाडि बढाउदै वडा अध्यक्ष अधिकारी
१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रबिन्द्र अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याए वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँ वडाको कार्यभार समाल्दै विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाई राख्नुभएको छ । उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिदैे अति विपन्न तथा गरिबहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने काम सम्पन्न भएको छ । ”
उहाँ पहिले वडा सदस्यमा रहेर पाँच वर्षको कार्यकाल विताउनुभएको हुनाले अहिले वडा सदस्यमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
त्यसै गरी शिक्षाको क्षेत्रमा तिन वडा सामुदायिक स्कुल पढ्ने पाँच कक्षा सम्मका विद्यार्थीहरुको स्वास्थ्य विमा गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तालिमहरु सालको पातको टपरी बनाउने, पशुपन्क्षीलाई औषधी कसरी खुवाउने र नगदि बालिहरु कसरी गर्ने जस्ता तालिमहरु सञ्चालन गरेका छौ ।
त्यस्तै वडामा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यस्तै धार्मिक तथा सांस्कृतिक क्षेत्रमा मठमन्दिरको मर्मत सम्भारको काम भईरहेको छ ।
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्णको लागि बृहत रुपमा कामहरु भईरहेको छ । उहाँले भन्नुभयो,स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । वडाको चौतर्फी विकास गर्नको लागि हामी अहोरात्र खटिरहेको अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।







