Share Icon

 २५ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाँउपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष सकुन थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा सर्वप्रथम सम्पन्न गरेको काम भनेको वृद्ध वृद्धा तथा अपांगहरुलाई दिने सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र राष्ट्रिय परिचय पत्र बनाउने काम पनि घरदैलोमा गएर सम्पन्न गरेको जानकारी दिनुभयो । ”

त्यस्तै गरी मनकामना बजार क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ । महिलाहरुको लागि महिला अभिमुखिकरण तालिमहरु सम्पन्न गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषि सम्बन्धी बाख्रा पालन र बंगर पालनको तालिम सम्पन्न गरेका छौ । स्वास्थ्यको क्षेत्रमा महिलाहरुलाई सेनेटरी प्याड स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने काम सम्पन्न गरेका छौ ।

बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने, ठाउँ ठाउँमा हुम्पाएप हाल्ने योजनामा रहेको छ । उहा पहिले कार्यपालिकाको सदस्यमा रहेर पाँच वर्षको कार्यकाल पछि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले भन्नुभयो, ”  वडामा पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छाै  । वडामा साना तिना योजना तथा कार्यक्रमहरु रहेका छन । ति योजनाहरु सम्पन्न गर्न अहोरात्र खटिरहेका छौ ।  ”

आफ्नो कार्यकालमा वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon