गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Share Icon

गढवा, २४ बैशाख ।  गढवा गाउँपालिका वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ।

“पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो।

वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

गढवा स्वास्थ्य चौकी, डाक्टर, महिला स्वास्थ्य स्वयंसेविका हरु को ठुलो मिहिनेतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्न सफल भएको बताउदै सबैलाई धन्यवाद दिनु भयो। वडा नम्बर – ६ बाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सुरु गरेका छौ अब बिस्तारै सबै वडालाई घोषणा गर्दै जाने छौ- अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले गढवा गाउँपालिका वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.