Share Icon

१७ जेठ, काठमाडौँ ।  नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित आलिताल गाउपालिकामा ८ वटा वडा रहेका छन् ।

समाज सेवा तथा राजनितिमा आवद्ध रहेका यज्ञ बहादुर देउवा २०७९ सालको स्थानिय तहको निर्वाचनमा आलिताल गाउँपालिकाको वडा नम्बर १ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

चालु आर्थिक बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष देउवाले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष देउवाले भन्नुभयो, ‘बाटोघाटा, ‘शिक्षा, कृषि तथा खानेपानी, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडाको नम्बर १ को मुख्य समस्या सडक संजाल, सिचाई तथा सडक कालोपत्रे लगायतका विषयमा हामी निरन्तर पहलमा छौं । प्रदेशमा बारम्बार वडाका समस्या तथा विकास निर्माणका गतिबिधिहरुको अवगत प्रदेशमा रखेका छौ । सम्बोधन हुने आशामा रहेको वडा अध्यक्ष देउवाले बताउनुभयो ।

सिचाईको अभाव, गरिबी, पढेलेखेका व्यक्ति कम छन् । शिक्षीत भएकाहरु पनि रोजगार विहिन छन् । सक्षम युवा बिदेश जाने क्रम बढेको छ। सिचाईको व्यवस्था गर्न सेके कृषीलाई व्यवसायिक गर्न केही हदसम्म सहज हुने थियो केही पहल चालेका छौ । वडा अध्यक्ष देउवाले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष देउवाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुतिभयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon