Share Icon

२६भदाै,काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ ।

साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा।वि।स।लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा।वि।स। समावेश भई गठन भएको नगरपालिका हो ।

नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२।७२ वर्ग कि।मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् ।

पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३३।५ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको यो नगरपालिकामा हाल ८८४० घरधुरी र ४७३६८ जनसंख्या रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित देवचुली नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तिल प्रसाद काफलेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

देवचुली नगरपालिका वडा नं. ११ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तिल प्रसाद काफले ।

वडा अध्यक्ष काफले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

काफले वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले वडा सदस्यमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष काफलेले बताउनुभयोे ।

वडा अध्यक्ष काफलेले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता खोलामा तटबन्धन गर्ने, शिक्षा, स्वास्थ्य र खानेपानीलाई दिनुका साथै वडामा रहेका खोलामा तार जाली लगाएर तटबन्धनका कामहरु भईरहेको छ । “

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयको भवन मर्मत सम्भार गर्ने र बालविकासका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरुको व्यवस्था गरेको र गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरेको वडा अध्यक्ष काफलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वडामा रहेको बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कालोपत्रेको कामहरु गरेका छौँ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिइरहेको र सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषणहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषिको क्षेत्रमा प्रर्वधन गर्दै विभिन्न तरकारीहरुको विउँ विजनहरु वितरण गरेको छौ ।वडा अध्यक्ष काफलेले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ११ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon