चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष नाथ

Share Icon

२१ बैशाख, काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश को मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष नाम लोकराज नाथले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु।’

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष नाथले जानकारी दिनुभयो ।वडा अध्यक्ष नाम लोकराज नाथले भन्नुभयो, ‘ जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।’

वडाका काम, सेवा प्रवाह, वडाको विकास निर्माण र जनप्रतिनिधि कार्यशैलीप्रति स्थानीय गुनासो मेटाउन १ नम्बर वडाका वडा अध्यक्ष नाथ जनतासँग वडा अध्यक्ष स्वंयम जाने गरेको बाहिर टीकाटिप्पणी गर्ने बानीले काम गर्ने सहज वातावरण हुदैँन, वडाअध्यक्ष नाथले लागेका गुनासालाई प्रत्यक्ष जनतासँग बसेर मेटाउने र आवश्यक सल्लाह–सुझाव लिएर अघि बढ्ने सोचले स्थानियसंग स्वंयम गएर स्थानियबासीलाई वडाका गतिबिधि पहुचमुखी सेवा तिब्र गतिमा प्रदान गरिरहेको वडा अध्यक्ष नाम लोकराज नाथले बताउनुभयो।

वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । वडा अध्यक्ष पहिले सामाज सेवामा आबद्ध भएकोले वडामा निर्वाचित भएर आएपछि वडामा काम गर्न कुनै गाह्रो महशुस नभएको स्थानियसंग नजिकको सम्बन्ध भएकोले उहाँले बताउनुभयो ।

उहाँलाई वडाबासीले साथ र सहयोग दिएकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो । उहाँले यस वडालाई कृषि व्यावसायिकमुखिकरण बनाउने लक्ष्य राखेकोे बताउनुभयो।

वडा अध्यक्ष लोकराज नाथले थप्दै भन्नुभयो, ”यो आर्थिक वर्षको  सतप्रतिशत काम वडाको सम्पन्न भएको छ । वडाको सिमीत बजेटमा हाम्रा वडाका असिमित समस्याहरु रहेका छन । तर पनि हामी निरन्तर रुपमा लागिरहेको छौ । जसैगरेपनि वडालाई विकास निर्माणसंग जोडने हाम्रो वडाको उदेश्य रहेको छ ।’

वडा अध्यक्ष नाथले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ । ”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.