Share Icon

२५ बैशाख ,काठमाडाैं ।       प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ ।

वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ ।

वडा अध्यक्ष कार्कीले हाम्रो जीवनमा सरसफाई नभई नहुने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,’सरसफाईमा ध्यान दिऔँ भने धेरै रोगबाट जोगिन सक्छौ।’

सरसफाईकै कारण मानिसहरु निरोगी हुने हुँदा यसमा जोड दिन उहाँले अनुरोध गर्नुभयो ।

 

वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिरहेकाे तस्बिरहरू 

 

 

 

 

 

Facebook Comments Box

Share Icon