सडकलाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाईरहेका छौ, वडा अध्यक्ष तामाङ
♠ हस्ता विष्ट
१६ फागुन,काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ९ का वडाबासीहरुलाई याेजना तथा कार्यक्रमहरू ल्याएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष आशिष तामाङ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गौत्तम अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तामाङ बताउनुभयोे ।
उहाँले भन्नुभयो, ” वडामा रहेका जेष्ठ नागरिक तथा वृद्धा वृद्धिहरुलाई सम्मान कार्यक्रमहरु सम्पन्न गरेका छौ । ”
वडा अध्यक्ष आशिष तामाङले वडामा बाटोलाई पहिलो दिदै सबै भन्दा धेरै बजेट सडकमा विनियोजन गरे साथसाथै बाटो स्तरउन्नति गर्दै ग्राभेल गर्ने योजनामा रहेको उहाँको भनाई छ ।
त्यसै गरी महिलाहरुको लागि सिपमुलमक तालिमहरु सिलाई कटाईको कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि वडाको विशेष पहलबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई निशुल्क कपि कलम र युनिफमको व्यवस्था गरेको वडा अध्यक्ष तामाङले प्रष्ट पार्नुभयो ।
त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि वडामा मौरी पकेट रुपमा विकास गरेर कृषकलाई वितरण गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि वडाबाट विशेष जोड दिएका छौ । वडा अध्यक्ष तामाङ निर्वाचित हुनभन्दा पहिले विभिन्न संस्थामा आबद्ध रहेर समाज सेवामा लागि रहनुभएको थियो । ”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषण कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाइरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







