Share Icon

२८ बैशाख ,काठमाडौं । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ।

यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ ।

 कर्ण बहादुर साउद  २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

स्थानीय तहको २०७४ सालको चुनावमा २३ मतको अन्तरले मात्र पराजित हुनुभएका साउद निरन्तर रूपमा समाज सेवामा लागी रहनुभयाे ।  फलस्वरूप २०७९ सालको चुनवमा अत्याधिक बहुमतले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले समाज सेवा तथा राजनितीमा आवद्ध रहनुभएका कर्ण बहादुर साउद वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ ।

चालुआर्थिक वर्षको सम्पुर्ण बजेटबाट वडाका गतिबिधि सत प्रतिशत काम सकेको वडा अध्यक्ष साउदले उल्लेख गनुभयो। आगामी दिनमा पनि टोलटोलमा अग्रजहरू तथा स्बाथानीयबाट सल्लाह गरेर विकास निर्माण तथा वडाका समस्यालाई लक्षित गरेर योजना तर्जमा गर्ने वडा अध्यक्ष साउदले जानकारी गर्नुभयो।

उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाले भन्रुभयो, ‘वडामा असिमित समस्या छन् यातायात, खानेपानिका लगायत धेरै समस्याहरू छन् ।  वडाको सिमीत बजेटमा दिगो विकास हुन गाह्रो छ । हामीले संघ, प्रदेशमा समस्या राखेका छौ सम्बोधन हुने आशा छ । ‘

वडा अध्यक्ष साउदले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गर्दै गरेको वडा अध्यक्ष साउदले उल्लेख गर्नुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon