चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जगत बहादुर मर्हजन स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष जगत ब. मर्हजन ।
स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको खण्डमा ठाउँ ठाउँमा हुम्पाएप हालेर सडक ढलान गर्ने काम सम्पन्न भएको छ ।
त्यस्तै नेवार जातिको संस्कृतिमा रहेको गुठि भवनको निमार्ण कार्य भईरहेको छ । स्वास्थ्य क्षेत्रमा वडामा डाक्टरको व्यवस्था गरेर सामान्य औषधीहरु निशुल्क वितरण गरेका छौ ।
शैक्षिक गुणस्तरको लागि विद्यालयको नयाँ भवनको निमार्ण कार्य सम्पन्न भएको र रगंरोगनको काम बाँकी रहेको छ । कृषिको क्षेत्रमा नयाँ विउँ विजन वितरण गर्ने, सिचाईको लागि कुलोमा अबरुद्ध आएकोले मर्मत सम्भारको काम गर्ने योजनामा रहेको छ ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् । हामी वडामा रहेका योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि सदैब लागि परेका छौ । वडाको चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौ ।उहाँले भन्नुभयो, स्रोत र साधनले भ्याए सम्म वडामा रहेका समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडी बढाईरहेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १२ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १२ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
0







