विद्युतकाे केन्दीय लाइन अधिकांश वडावासीका घरमा पुगेकाे छः अध्यक्ष राई

२९ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।
जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र क्षेत्रफल १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ।
थुलुङ दुधकोशी गाउँपालिका-६ का वडा अध्यक्ष महेन्द्र राज राईले मुख्य सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वर्षाका कारण बिग्रिएका सडकहरूकाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। साथै विद्युतकाे केन्दीय लाइन अधिकांश वडावासीका घरमा विस्तार भएकाे बताउँदे उहाँले केहीमा मात्र विस्तार हुन् बाँकी रहेकाे बताउनुभयाे । वडाका कुल ६ सय घरधुरी मध्ये १ सय घरमा मात्र विद्युत विस्तार हुन बाँकी रहेकाे उहाँकाे भनाइ छ ।
कृषि क्षेत्र सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । कृषि बालीकाे बीमा कार्यक्रम राखिएकाे बताउँदै खाने तेलमा आत्मनिर्भर हुने याेजना रहेकाे पनि उहाँकाे तर्क छ। बाहिरबाट आयात हुने तेलकाे विस्थापन गर्ने याेजनाका साथ कृषकलाई ताेरीकाे खेती गर्नका लागि जाेड दिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । कृषकलाई ताेरीकाे बीउ सतप्रतिशत अनुदान दिएकाे पनि उहाँकाे भनाइ छ ।कृषिजन्य उत्पादन कृषकले गरेपछि बजार व्यवस्थापनकाे जिम्मा स्थानीय सरकारले लिएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
युवा लक्षित कार्यक्रमहरूअघि बढाइएकाे पनि उहाँले बताउनुभएकाे छ। साथै वैदेशिक राेजगारीमा जाने युवालाई राेक्नका लागि पनि पहल भइरहेकाे उहाँकाे भनाइ छ। साथै खेलग्रामकाे निर्माण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे । प्रधानमन्त्री राेजगार कार्यक्रमकाे सहयाेगमा अन्य राेजगारीहरू पनि विस्तार गरिएकाे उहाँकाे तर्क छ।
स्वास्थ्य क्षेत्र सुधार उन्मुख रहेकाे र ५० शैयाकाे दुधकाेशी अस्पताल संचालनमा रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभाव रहेकाे उहाँले जानकारी गराउनुभयाे । सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्नका लागि गाउँपालिकाले नै १६ बुँदे स्वेत पत्र समेत जारी गरेकाे पनि उहाँले बताउनुभएकाे छ।
पर्यटन क्षेत्रकाे सम्भावना रहेकाे बताउँदै उहाँले घुम्ने साँस्कृतिक, पर्यटकीय तथा सिमसार क्षेत्र यहाँका मुख्य पर्यटकीय क्षेत्र भएकाे बताउनुभएकाे हाे । साथै उहाँले वगानेम दरबार संग्रहालय निर्माणाधिन अवस्थामा रहेकाे पनि जानकारी गराउनुभयाे । पर्यटन क्षेत्रलाई अघि बढाउने पहल भइरहेकाे पनि उहाँकाे तर्क छ।
साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे ।
नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई पालिकाले ६१ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष राईकाे दावी छ।