चालु आर्थिक वर्षकाे बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको छाैं : अध्यक्ष बुढा 

Share Icon

 ८ बैशाख, काठमाडाैं ।  नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको छन्  ।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लास्थर्त भूमे गाउँपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष  विनोद बुढा  ।

चालु आर्थिक वर्षकाे बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष बुढाले जानकारी गराउनुभयो । याेजना बनाउन टाेलटाेलमा रहेकाे कुरा समेत अध्यक्ष बुढाले उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर ९ मा यो वर्ष वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ।”

भूमे गाउँपालिका वडा नंम्बर ९ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडा अध्यक्ष बुढाले बताएका छन् ।

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष बुढाले बताएका हुन ।

पछिल्लो समय भूमे गाउँपालिका वडा नं ९ ले विकासको फड्को मारिहेको छ। जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष  बुढाले बताउनुभएको छ।

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.