Share Icon

८ जेठ, काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति कार्य सञ्चालन नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेकाले बुझेर काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

केही दिनअघि बसेको राष्ट्रियसभा बैठकले सो समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सो प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

Facebook Comments Box

Share Icon