राजनीति

थुनामा रहेका खाँणलाई कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा सम्मान

थुनामा रहेका खाँणलाई कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा सम्मान

१६ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु’ उनले भने…
Read More
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ । यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।
Read More
मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

१७ मंसिर, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने अनुमान छ । गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
Read More
एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार, महाधिवेशनको मिति तय गर्ने

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार, महाधिवेशनको मिति तय गर्ने

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न सोमबार (यही मंसिर १८ गते) सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत…
Read More
राष्ट्रिय सभा सदस्य चुनाव कार्यतालिका: मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता

राष्ट्रिय सभा सदस्य चुनाव कार्यतालिका: मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता

१५ मंसिर, काठमाडाैँ ।  निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उनकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिनेछ। मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ। पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ। पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ। पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको…
Read More
नेपाल एयरलाइन्सको लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

नेपाल एयरलाइन्सको लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

१४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ । यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको…
Read More
परराष्ट्रमन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

परराष्ट्रमन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका…
Read More
सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल नियुक्त

सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल नियुक्त

१३ मंसिर, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले नियुक्त गर्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् । आजकै मन्त्रिपरिषद बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सेना,…
Read More
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं

राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं

शुरबहादुर सिंह १३ मङ्सिर,कर्णाली। नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाकोे अपरिहार्यता स्पष्ट्याइएको छ । प्रतिनिधिसभा विघटन हुँदाका बखत या मुुलुकमा सङ्कट पर्दा होस् राष्ट्रियसभाले आवश्यक ऐन कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । यो सभा विधानतः मजबुत भए तापनि व्यवहारमा कमजोर बनाइएको राष्ट्रियसभा सदस्य एवं भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईं बताउनुहुन्छ । राष्ट्रियसभा ऐन कानुन निर्माण गर्ने महत्वपूर्ण र आवश्यकताको थलो भए पनि आफ्नो पूर्ण अधिकार प्राप्त गरेको जस्तो नदेखिएको जनाउँदै नेकपा (एकीकृत समाजवादी)की नेत्री चपार्इंले…
Read More
सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले अनलाइनखबरसँग भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’ रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसपछि महाधिवेशनको विधि प्रक्रिया, सांसद स्वणिर्म वाग्लेलाई उपसभापति बनाउने र केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय हुने एक नेताले बताए ।…
Read More
Page 1 of 94
1 2 3 94
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.