राजनीति

मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेलमुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेल

मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेलमुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित मध्यपहाडी लोकमार्ग लक्षित महाकाली-मेची अभियान शुरु गर्न लागिएको बताएका छन् । यो अभियानबाट २०८४ सालमा हुने आम निर्वाचनको नतिजा एमाले अनुकुल बनाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यो मिसन ८४ को एउटा अभियानका रुपमा बुझ्दा पनि हुन्छ । यसले २०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि योगदान गर्दछ,’ उनले भने । मंसिर १४ गते (बिहीबार) बिहान बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएर पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुने यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान उदघाटनका लागि नेकपा एमालेका…
Read More
देउवाले गरे कांग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति

देउवाले गरे कांग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यी तीन भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन भएका थिए ।
Read More
कोशीमा सांसदको बजेट कटौती गरेपछि मुख्यमन्त्रीसँग रिसायो एमाले

कोशीमा सांसदको बजेट कटौती गरेपछि मुख्यमन्त्रीसँग रिसायो एमाले

१२ मंसिर, विराटनगर । कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग रिसाएको छ । कोशी सरकारका कार्कील् शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि प्रदेशसभामा छलफल भइरहेको छ । सोमबार प्रदेशसभा बैठकमा बोल्ने एमाले सांसदहरुले योजना कटौती गरेको भन्दै कार्कीको विरोध गरेका थिए । मंगलबारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता राम रानाले सांसदका योजनामा परेको बजेट र योजनाको प्राथमिकीकरणमा आफूहरुको…
Read More
सांसदसँग रासस : कानुन निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ : नेत्री देवकोटा

सांसदसँग रासस : कानुन निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ : नेत्री देवकोटा

नारायण न्यौपाने ११ मङ्सिर,काठमाडौँ । राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्नुहुन्छ । उहाँले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने विचार प्रकट गर्नुभयो । सदस्य देवकोटाले भन्नुभयो, “विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ । कानुन समयमै निर्माण गर्ने हो भने विधेयक निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ भन्ने पाटोबाट बहस चलाइनुपर्छ ।”…
Read More
‘नागरिक पहिलो’ नभएको लोकतन्त्र के लोकतन्त्र ?

‘नागरिक पहिलो’ नभएको लोकतन्त्र के लोकतन्त्र ?

१० मंसिर, काठमाडाैँ । आज नयाँ लोकतान्त्रिक आन्दोलनको सार कथित राजा वा रैती, दलपति वा गुटतन्त्रबाट देशलाई मुक्त गर्नु र नागरिकलाई सबै नीति र अभ्यासको केन्द्रमा ल्याउनु हो । अन्यथा नागरिक हराउनेछन्, लोकतन्त्र हराउने छ । नागरिक पहिलो, सार्वभौम र सर्वोच्च नभएको लोकतन्त्र के लोकतन्त्र ? केही उदाहरणबाट विषय उठान गरौं । एक- गत महिना संसद्मा सार्वजनिक मर्यादाक्रम विधेयकको चर्चा र विवाद थियो । त्यो कसरी सल्टियो थाहा भएन, आम सरोकारको विषय पनि थिएन । तर, नम्बर १ मा राष्ट्रपति र सायद अन्त्यमा कार्यालय सहयोगीलाई राखे होला । हिजो राजतन्त्रमा ‘श्री ५’ नम्बर १ र कार्यालय सहयोगी अन्त्यमा हुन्थ्यो ।…
Read More
कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

१० मंसिर, पोखरा । सिँचाइतर्फ विशेष अनुदानतर्फ संघीय सरकारबाट आएको बजेट बाँडफाँट गरी कार्यान्वयनको प्रक्रियामा लैजान गण्डकीका अर्थ सचिवलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । अर्थ सचिव बलराम रिज्यालले संघीय सरकारको स्वीकृतिबेगर त्यसो गर्न नसकिने भन्दैै फाइल संघमा पठाए तर संघले जवाफ दिएन । अहिले गण्डकीको मन्त्रिपरिषदबाट निर्णय गरेर कार्यान्वयन गर्नका निम्ति अर्थमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फाइल पुगेकोे छ । तर, यही कारणले योेजना कार्यान्वयनमै ढिलाइ भएको भन्दै मुख्यमन्त्री रुष्ट छन् । सचिव भने ढिलै होस् तर हर निर्णय गर्दा आफू जोगिएर गर्न चाहन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा सुशासन कायम गर्न भन्दै गत मध्य कात्तिकमा पठाएको २२ बुँदे…
Read More
एमाले अत्तालियो, सरकार र अरु दलहरु अत्तालिन जरुरी छैन : विश्लेषक पोखरेल

एमाले अत्तालियो, सरकार र अरु दलहरु अत्तालिन जरुरी छैन : विश्लेषक पोखरेल

८ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेकपा एमाले अत्तालिएको बताउँछन् । बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेकै दिन प्रदर्शन गरेर एमालेले ठीक नगरेको उनको बुझाइ छ । ‘एमाले र दुर्गा प्रसाईं समूहले कल्ले कल्लाई गलाउने भन्ने किसिमले आन्दोलन गर्न खोजे । यो ठीक होइन,’ पोखरेलले भने । एमालेले गरेको प्रदर्शनलाई उनी सरकार बाहिर रहनुपर्दाको पीडाको संज्ञा दिन्छन् । ‘संघीय संसदको दोस्रो ठूलो दल सडक प्रदर्शनमा जाँदा कांग्रेस र माओवादी केन्द्रलगायतका दलको भूमिका केही हुन्छ कि,’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘एमालेको पीडा सरकार…
Read More
प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल : माओवादी केन्द्र

प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल : माओवादी केन्द्र

८ मंसिर, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मेडिकल व्यावसायी दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको बताएको छ । अहिलेकै रुपमा उक्त प्रदर्शन अगाडि नबढ्ने पनि उसको बुझाइ छ । ‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको ट्रायल हो । एउटा हाउगुजी क्रियट गर्ने प्रयास हो ।’ सरकारले सुरक्षा सर्तकर्ता राम्रैसँग अपनाएका कारण बिहीबारको प्रदर्शनमा आयोजकहरुले चाहे जस्तो द्वन्द्व फैलाउनेतिर उद्धत हुन नपाएको उनको भनाइ छ । बिहीबार नेकपा एमालेको…
Read More
नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ कार्यकक्षमा पुगेर फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’ २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल…
Read More
वामपन्थी एकताको कुरा नगरौं : ओली

वामपन्थी एकताको कुरा नगरौं : ओली

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे । केन्द्रीय समितिको बैठकमा बुधबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’ वामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने बताए । ‘एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई…
Read More
Page 2 of 94
1 2 3 4 94
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.