Share Icon

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे ।

केन्द्रीय समितिको बैठकमा बुधबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’

वामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने बताए ।

‘एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र एकता गर्न सकिन्छ । दुईवटा अध्यक्ष राखेर एकता हुँदैन,’ ओलीले भने ।

Facebook Comments Box

Share Icon