राजनीति

म मेयर भए महल बनाउने नक्सा पास रोक्थें : उपसभामुख राना

म मेयर भए महल बनाउने नक्सा पास रोक्थें : उपसभामुख राना

१ मंसिर, काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् । विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’ उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने…
Read More
गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : कांग्रेस नेता सिंह

गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : कांग्रेस नेता सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने दाबी गर्नुभएको छ । लौहपुरूष गणेशमान सिंहको १ सय ९ ओै जन्मजयन्तिमा आज काठमाडौमा आयोजित कार्यक्रममा नेता सिंहले कुनै पनि हालतमा गणतन्त्र खतरामा नपर्ने बताउनुभएको हो । उहाँले संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्ने पनि प्रष्ट पार्नु भयो । गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको भन्दै पाँच वर्षसम्म यही गठबन्धन टिक्ने पनि ठोकुवा गर्नुभयो । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको नेता सिंहको भनाइ थियो । उहाँले जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिलाई…
Read More
संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

२४कात्तिक,काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उहाँले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताउनुभयो । “गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो, “कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।” नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको…
Read More
 सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

 सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

२४ कात्तिक,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ । विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका…
Read More
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा

काठमाडौँ, २२ कात्तिक । नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन । सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ । पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सिमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । पार्टीले…
Read More
कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

२२ कात्तिक,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीरकणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीरकणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो । उहाँहरु समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावित क्षेत्र पुग्दै हुनुहुन्छ । कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो । भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन, सरकारको राहत कोषमा रु ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक…
Read More
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२२ कात्तिक,काठमाडौँ ।  नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।
Read More
आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

२२ कात्तिक, जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो । आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । ‘बिहीबार प्रधानमन्त्रीजीलाई मेरै नेतृत्वमा पन्ध्र्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री…
Read More
शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

२२ कात्तिक, काठमाडाैँ । बंगलादेशको जीवन पानीले भिजेको छ, राजनीति रगतले। ५० वर्षयता त्यहाँ दुई परिवारबीच संघर्ष छ। विपक्षी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचार आरोप लगाएर शक्तिमा आएकी शेख हसिना जसरी पनि फेरि शक्तिमा आउन चाहन्छिन् । सरकारी निवासको स्वागत कक्षमा रेसमी साडीमा ठाँटिएर ठिंग उभिएकी छिन्, शेख हसिना। उनको उपस्थिति मखमली पञ्जाभित्रको फलामे मुठ्ठीको प्रतीक झैं छ। बुढ्यौलीमा पनि उनले जोसिलो शैलीमा राष्ट्रको नेतृत्व गरिरहेकी छन्। एक दशकको अवधिमा ७६ वर्षीय हसिनाको नेतृत्वमा बंगलादेशले निकै फड्को मारेको छ।  जुटको उत्पादनकर्ताबाट एशिया प्रशान्त क्षेत्रको तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको सूचीमा बंगलादेश आइपुगेको छ। उनको पहिलो कार्यकाल १९९६ देखि २००१ सम्मको थियो। सन् २००९ देखि…
Read More
प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

२१ कात्तिक,विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गर्नुभएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राख्नुभयो । उहाँहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका…
Read More
Page 4 of 94
1 2 3 4 5 6 94
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.