धनगढी उप-महानगरपालिका वडा नम्बर ११ काे कार्यालयद्वारा बाख्रा वितरण

Share Icon

काठमाडाैं । धनगढी उप-महानगरपालिका वडा नम्बर ११ काे कार्यालयले वडावासीलाई बाख्रा वितरण गरेकाे छ ।

वडा अध्यक्ष रुप बहादुर कुँवरले एकल तथा दलित महिलालाई बाख्रा वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले १८ जना महिलालाई बाख्रा वितरण गरिएकाे बताउनुभयाे ।

नि:शुल्क दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष ले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयाे ।

बाख्रा हस्तान्तरण गर्दै वडा अध्यक्ष कुँवरले भने, “नि:शुल्क पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जानकारी दिनुभयाे ।

सरकारको कार्यक्रमलाई प्रभावकारीता दिन र आफ्नो व्यवसायिकता बढाई आर्थिक जीवस्तर माथि उठाउनको लागि विगतका वर्ष जस्तो पालनका लागि उपलब्ध गराइएका बाख्रा काटेर खाने काम नगरी ब्यवसायिक रुपले पालन गर्नमा जाेड दिन वडा अध्यक्ष कुँवरले आग्रह गर्नुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.