Share Icon

हस्ता विष्ट
२९ वैशाख, काठमाडाैँ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।

उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर १ देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित भीरकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भीरकोट नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष खत्री अहोरात्र खटिरहनुभएको छ ।

भीरकोट नगरपालिका वडा नं. ६ मा जम्मा बजेट पालिकाबाट ३० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष खत्री निर्वाचित हुनभन्दा पहिले कृषि पेशामा आबद्ध भएर निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयोे ।

वडा अध्यक्ष खत्रीले भन्नुभयो, ‘ वडामा कृषिलाई पहिलो प्राथमिकता दिनुका साथसाथै कृृषि क्षेत्रलाई प्रर्वधन गर्दै कृषिलाई व्यवसायमय बनाउनको लागि सुन्तलाको विरुवा रोप्ने कामहरु सम्पन्न भएको छ र फलफुलको बगैचा निमार्ण गर्ने काम भईरहेका छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने, विद्यालयको गतिविधि थाहा पाउनको लागि वडाबाट वार्षिक क्यालेन्डर तयार गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका लगभग बाटोहरु ग्राभेल गर्ने कामहरु सम्पन्न भएको छ । ‘

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा लिफ्टिङबाट खानेपानी पुराउनको लागि बृहत रुपमा कामहरु भईरहेको छ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

वडा अध्यक्ष तारा प्रसाद खत्रीले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon