Share Icon

♠ हस्ता विष्ट

१७ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र प्रसाद गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा चन्द्र प्रसाद गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङ बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा रहेको बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु अगाडि बढाईरहेका छौ ।
त्यसै गरी शिक्षाको क्षेत्रमा शिक्षामा शैक्षिक गुणस्तर कायम गर्न वडाबाट भौतिक पुर्वाधार विकासको लागि बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । ”

उहाँले भन्नुभयो, ” वडामा कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि प्रर्वधन गर्नको लागि विभिन्न कृषि सम्बन्धी तालिमहरु प्रदान गर्ने उद्देश्यका साथ कामहरु अगाडि बढाईरहेका छौ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि वडाबाट विभिन्न संघसस्थासंग समन्वय गरेर वडाबासीहरुको घरघरमा धारा पुराउने काममा जोड दिएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon