वडामा लैंगिक विभेद तथा हिंसा न्युनीकरण सम्बन्धी नेतृत्व विकास तथा सचेनामुलक तालिम
काठमाडाैं । पर्वतकाे महाशिला गाउँपालिका वडा नम्बर १ मा लैंगिक विभेद तथा हिंसा न्युनीकरण सम्बन्धी नेतृत्व विकास तथा सचेनामुलक तालिम दिइएकाे छ ।
वडा अध्यक्ष तिल बहादुर मल्ले गाउँपालिकाकाे आर्थिक सहयाेग तथा ग्रामिण महिला विकास केन्द्र पर्वतकाे आयाेजनामा तालिम दिइएकाे जानकरी दिनुभयाे ।
उहाँले वडाका महिलाहरू यस तालिममा सहभागी भएकाे जानकारी बताउनु भयाे ।
२१ औं शताब्दीमा नेपालमा महिला र पुरुषबीच सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै भएकाेले त्यसलाई चिर्न याे तालिमले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गर्नु भयाे
Facebook Comments Box







