वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष धामी

Share Icon

१३ बैशाख ,काठमाडाैं ।  ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो ।

सुदूरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित मेल्लेख गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दिल बहादुर धामीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो।

मेल्लेख गाउँपालिकामा वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिल बहादुर धामी।

हामी उहाँसंग कुरा गरिरहदा पनि उहाँ अनुगमन गरेर वडामा फर्किनुभएकाे थियाे ।  यस वडाका जनप्रतिनिधि दिल बहादुर धामी मेल्लेख गाउँपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा नम्बर १ मा वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।

वडा अध्यक्ष धामीले भन्नुभयाे, हामीले याे अार्थिक बर्षका सम्पुण याेजनाका कामहरू गरेर सकेकाे छाैं । ‘

वडा अध्यक्ष धामीले भन्नुभयाे, ‘मैले गरेका प्रतिबद्धता अनुसार काम गर्दै छु । उज्यालो वडा बनाउनका लागी हामीले पोल गाडी सकेको अब चाडै उज्यालो बत्ति बल्ने छ ।’

उहाले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो। जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन। वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.