Share Icon

१३ बैशाख ,काठमाडौं ।  स्कारपियो र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित तीनजना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका(११ कलुवापुर बजारमा मंगलवार राति धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१(०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए।

शाहीका अनुसार घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय, बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरीसहित उनकी श्रीमती ललिता चौधरी र छोरी रहेका छन्। प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ।

उनको अवस्था सामान्य रहेको छ। भने उनकी श्रीमती ललिता चौधरीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको छ। उनकी छोरीको पनि शरिरमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते तीनैजनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको शाहीले जानकारी दिएका हुन् ।

Facebook Comments Box

Share Icon