Share Icon

१३ बैशाख ,काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो ।

रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

वडा अध्यक्ष वडा नम्बर १ का वडा अध्यक्ष चक्र बहादुर साउँदले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर १ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष साउद अहोरात्र खटिरहनु भएको छ।

भैसी पालन गर्ने वतावरण सिर्जना गर्न मुलको शुद्ध पानिको निर्यात गर्ने सोचेको छौ साथै वडाको विकासका लागी सदैव लागीरहने वडा अध्यक्ष साउँदले बताउनुभयो

उहाँ ठूलो मतान्तरले जित हासिल गरेकोले सबै वडावासीको साथ र सहयोग पाइराख्नु भएको छ।

वडाध्यक्ष साउँदले भन्नुभयो, ‘म पहिलादेखि नै कृषि तथा व्यवसायमा आवद्ध थिए। कृषि तथा व्यवसायलाई निरन्तर दिएको समेत उल्लेख गर्नुभयो । कृर्षक जनताको सेवा गर्न पाउदा खुसीको महसुुस र जिम्मेवारी बोध भएको छ जनताको सेवा गर्दा खुसि मिल्छ । वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भईरहने छु ।’

उहाँले भन्नुभयो, ‘ चुनौतीलाई चिर्दै कृषिलाई व्यवसायिक गर्न तयारीमा रहेको तथा विदेश जान भन्दा आफ्नो देशमा केही गर्न पर्छ भनेर उहाँहरुलाई सहजिकरण गरिरहेको कुरा उल्लेख गर्नुभयो।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

वडामा आएका समस्या राख्नुहोला सुख, दुखमा सदैव साथ दिने छु । अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु । वडामा स्वास्थ्य कार्यालय , वडा कार्यालय बनाउन पहल गरिरहेको सके जति बडाको विकासमा निरन्तर लागिरहेको छु ।

Facebook Comments Box

Share Icon