कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

Share Icon

♥ हस्ता विष्ट
५ चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०र७१ (२०७१ बैशाख २५ गते ) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो।

वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित  बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बन्दिपुर गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष शिव कुमार श्रेष्ठ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भईसकेको र बाकी रहेको योजनाहरु अन्तिम चरणमा पुगेका छन् । ”

वडा अध्यक्ष शिव कुमार श्रेष्ठ निर्वाचित हुनुभन्दा विभिन्न संघसस्था र राजनितिक क्षेत्रमा आबद्ध भएर निरन्तर समाज सेवामा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं. १ मा वडा र पालिकाबाट जम्मा बजेट १ करोड १६ लाख, प्रदेशबाट १ करोड ३५ लाख र संघबाट ३ करोड २१ लाख बजेट विनियोजन गरिएको वडा शिव कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो,  ” वडामा वडा पहिलो प्राथमिकता खानेपानीलाई दिए साथसाथै एक घर एक धारा पुराउने अभियानको साथ तीव्र गतिमा कामहरु अगाडि बढाईरहेका छौं । ”

त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, कुनै बाटो कालोपत्रे र कुनै बाटो ढलान गर्ने कामहरु गरिरहेको वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ” कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि पकेटको निमार्ण गर्ने, कृषि औजारहरु अनुदानमा वितरण गरेको, कृषकहरुलाई विभिन्न तालिमहरु मौरी पालन र तरकारी खेति सम्बन्धि तालिमहरु सञ्चालन गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना मर्मत सम्भार गर्ने, पुस्तकालयको निमार्ण गर्ने, शिक्षकहरुलाई आधुनिक शिक्षण तालिमहरु प्रदान गर्ने र छात्राबासको व्यवस्था गरिदिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

उहाँले भन्नुभयो,  ” यो वडा व्यवसायको हिसाबले अगाडि भएको वडा हो, यस वडामा रहेको पिप्ले बजार बन्दिपुर जाने मुल गेट नै रहेकोले निकट भविष्यलाई मध्यनजर गर्दै पर्यटकहरुलाई समग्र बन्दिपुरको जानकारी गराउनको लागि ठाउँ ठाउँमा होडिङ बोर्ड राख्ने, भिडियो सहितको जानकारी गराउने, अपांगमैत्रि शौचालयको व्यवस्था गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्रबाट सामान्य आधारभुत स्वास्थ्य सुविधाहरु दिइरहेको तथा ठुलो ठुलो औषधि उपचारहरुको लागि पोखरा र नारायणगढ जान पर्ने समस्या रहेको र आफ्नाे कार्यकालमा वडामै अस्पताल स्थापना गर्नको लागि पहल गरिरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा रहेका युवाहरुलाई लक्षित गर्दै विदेशीने युवाहरुलाई न्युन गर्नको लागि बेरोजगारी युवाहरुको डाटा संकलन गरेर सम्पुर्ण बायोडाटा संकलन गरेर एउटा एप्स सञ्चालन गरेर रोजगारदाता कम्पनिसंग जोडर यसै माध्यमबाट उनिहरुको योग्यता अनुसारको रोजगारी उपलब्ध गराउनको लागि हामी निरन्तर लागि परिरहेका छौ । ”

वडा अध्यक्ष शिव कुमार श्रष्ठले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.