Share Icon

♠ हस्ता विष्ट
९ चैत्र, काठमाडाैँ । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेको गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।

समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ ।

यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५० किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल २२७.८८ वर्ग किमी रहेको छ ।

सुदुरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित ढकारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कर्ण बहादुर साउँदले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

ढकारी गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कर्ण बहादुर साउँद ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष साउँद अहोरात्र खटिरहनुभएको छ ।

ढकारी गाउँपालिका वडा नं. ५ मा जम्मा बजेट पालिकाबाट २० लाख विनियोजन गएिको वडा अध्यक्ष कर्ण बहादुर साउँदले जानकारी दिनुभयो ।

वडा अध्यक्ष साउँद भन्नुहुन्छ, “  हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ । ”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष साउँदले बताउनुभयोे ।

वडा अध्यक्ष साउँदले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै नयाँ बाटो ट्रयाक खोल्ने कुनै ठाउँमा ग्राभेल गर्ने काम भईरहेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा पानीको मुहानहरु प्रशस्त मात्रामा भएता पनि स्रोत साधनको अभावले खानेपानीको मुहानको सहि सदुपयोग गर्न नसकिएकोले अझै पनि खोलाको र मुहानबाट पानी बोकेर खानु पर्ने वडाबासीहरुको समस्या रहेको वडा अध्यक्ष साउँदले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” कृषिको क्षेत्रलाई प्रर्वधन गर्दै विभिन्न तरकारी खेतिको लागि टनेलको वितरण गरेको र चैत्रे धान उत्पादन गर्नमा जोड दिएका छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडाबाट सामान्य स्वास्थ्य सुविधाहरु दिईरहेको र पानीको समस्या धेरै रहेकाले पानी बोकेर ल्याउन पर्ने समस्या रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष साउँदले भन्नुभयो,  ” शिक्षाको क्षेत्रमा विशेष जोड दिदै वडामा रहेको विद्यालयको भौतिक संरचनाको मर्मत सम्भार गर्ने काम गरिरहेका छौ । “

त्यस्तै महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिमहरुको व्यवस्था गरेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसै गरी यो वडा भौगोलिक विकटताले दुर्गम वडा रहेकोले विकास निमार्णका कामहरु गर्न कठिनाई भएको र स्रोत साधनको अभावले भने जस्तो काम गर्न नसकिएको वडा अध्यक्ष साउँदले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कर्ण बहादुर साउँदले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon