समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष भुजेल
८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला वेनीघाट रोराङ गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हेमराज भुजेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका स्थित २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भुजेल अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष भुजेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष भुजेलले बताउनुभयो ।
वडा अध्यक्ष भुजेलले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।”
उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कार्यक्रम तथा तालिमहरु प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
वडा अध्यक्ष भुजेलले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयका प्र.अ तथा अभिभावकहरुसँग छलफल गरेर हामी अगाढी बढीरहेका छौँ ।”
वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानीको काम सम्पन्न भएको अध्यक्ष भुजेलले बताउनुभयो ।
वडा अध्यक्ष भुजेलले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि सामाजिक तथा राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
उहाँले वडामा रहेका कृषी, खानेपानी, बिजुली, सडक लगायतका अन्य समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । वडाबासीको हरेक सुख दुःखमा साथ र सर्मथन सदैव रहेने वडा अध्यक्ष भुजेलले बताउनुभयो ।
वडा अध्यक्ष भुजेल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







