Share Icon

१७ बैशाख ,काठमाडाैं ।   गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ । वडाको साविकको वडा नं ५ सिमारा टोलमा शिविर राखिएको हो।

शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारि हरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो।

वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले जानकारि गराउनुभयो । उक्त घुम्ति सेवा बाट मालपोत तिरो, विभिन्न सिफारिसहरु, नाता प्रमाणित सहित ३७ जनाले बिविध सुविधा लिनुभएको थियो।

आगामि दिनमा हप्ताको ६ दिन वडा कार्यालय बाट र प्रत्येक शनिबार टोल टोलमा जनताको घर दैलोमा गयर घुम्ति सेवा सहित सुझाव संकलन गरिने अध्यक्ष श्रेष्ठले जानकारि गराउनुभयो।

७५ बर्षिय ज्येष्ठ नागरिक केदारनाथ अधिकारि भन्नुहुन्छ स्थानिय सरकारको अनुभूति हामिले बल्ल गर्न पायौं, यस्तै जनहितका कामलाई निरन्तरता दिनुहुन म अनुरोध गर्दछुू। साथै जनताको सरकार जनताकै घरदैलो सम्म सेवा लियर आउंदा स्थानिय बासिहरु निकै खुसि देखिन्थे।

Facebook Comments Box

Share Icon