नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको पहिलो खेलमा नेपाललाई हङकङले ९४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ९३ रन बनाएको हो ।
हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो । हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् ।
मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान २/२, पुजा महतो र सीता रानामगरले एक/एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ थालेको छ ।
Facebook Comments Box
Related posts:
कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात
योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वडा अध्यक्ष सीर्पाली
चिनियाँ गिराेहले किन राेज्याे ब्रेकसुमार्फत सुन तस्करी ?
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी