९ चैत,गोलबजार । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ ।
वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताउनुभयो ।
नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गर्नुभयो ।
केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुरले जानकारी दिनुभयो ।
विश्व वैभव कन्सटेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले रू एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको कोल्ड स्टोर आगामी असारसम्म पूरा हुनेछ ।
Related posts:

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

धान फल्ने खेत वनमाराले ढाक्यो

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ, बौद्धिक पलायनलाई रोकौँ : प्रधानमन्त्री

प्रसारण लाइनको तार फेर्न हेटौँडा क्षेत्रमा अवरोध, प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

