आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ : वडा अध्यक्ष साउँद
२८ बैशाख ,काठमाडौं । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ । कर्ण बहादुर साउद २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । स्थानीय तहको २०७४ सालको चुनावमा २३ मतको अन्तरले मात्र पराजित हुनुभएका…
