Share Icon

♣ हस्ता विष्ट
५ चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो।

आ.व. २०७०र७१ ९२०७१ बैशाख २५ गते० मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.स.  का १ र ९ वडाहरु र केशवटार गा।वि।सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

तनहु जिल्लामा अवस्थित बन्दिपुर गाउँपालिका वडा नं. ५ का वडा धुव्र प्रसाद लामिछाने स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

बन्दिपुर गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष लामिछाने अहोरात्र खटिरहनुभएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं. ५ मा जम्मा बजेट पालिकाबाट १ करोड ५० लाख, प्रदेशबाट ४५ लाख र संघबाट ६ करोड बजेट विनियोजन गएिको वडा अध्यक्ष धुव्र प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष लामिछाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष लामिछानेले बताउनुभयोे ।

वडा अध्यक्ष लामिछानेले भन्नुभयो,  ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै लगभग धेरै बाटो कालोपत्रे गर्ने, कुनै ठाउँमा ढलान गर्ने र कुनै बाटो स्तउन्नति गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको वडामा रहेको सामुदायिक विद्यालयको भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको भवनको मर्मत सम्भार गर्ने काम गरेको वडा अध्यक्ष लामिछानेले प्रष्ट पार्नुभयो ।

कृषिको क्षेत्रमा मध्यजनर गर्दै कृषि उत्पादन बढाउनको लागि विभिन्न तरकारीहरुको विउँ विजन अनुदानमा वितरण गर्ने, सिचाईको लागि कुलो र पाइपको मर्मत सम्भार गर्ने, पशुको क्षेत्रमा गोठको मर्मत सम्भार गर्ने, पशुपन्क्षिहरुलाई खोपहरु दिईरहेको वडा अध्यक्ष लामिछानेको भनाई छ ।

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउने अभियानका साथ लगभग टोलहरुमा पुगि सकेको र बाकी रहेको टोलमा पुराउने लक्ष्यका साथ काम अगाडि बढाईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदको सामाग्री वितरण गरेको, खेल मैदान निमार्ण गरेका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिमहरु र मौरी पालनको तालिमहरु पुर्व कार्यकालमा सम्पन्न गरेको वडा अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष धुव्र प्रसाद लामिछानले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon