सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

Share Icon

काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

उनीविरुद्ध स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।

पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । डीएसपी केसीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.