समृद्धि वडा बनाउन लागी परेका छाैं : अध्यक्ष कार्की

Share Icon

९ माघ,काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.१०, का वडा अध्यक्ष दिप बहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर निर्वाचीतहुनुभयो ।

उहाँ भन्नुहुन्छ, म यहाँसम्म आउन खासेै मेहेनेत नगरेको बताउनुभयो निर्वाचीत हुनु भन्दा अघी देखी नै व्यवहारीक पहीचान बनाएर बसेको र छरछिमेकमा आफु बस्ने वडाको

मानीसहरुलाई खेतीकिसानमा आफ्नो ट्रयाक्टर लगेर जोत्ने , घर निमार्णका सामानहरु बोक्ने, जग्गा नाप्ने, मानीसलाई मर्दापर्दा आइपर्ने कार्यहरु गर्ने ज्याला नमाग्ने तर दिए लीने कामहरु गरे र म मानीसहरुको मन मष्तिस्कमा बस्न सफल भए त्यसपछी मलाई वडा अध्यक्ष बन्न कुनै उहाँले कठीन नभएको बताउनुभयो ।

उहाँले निर्वाचीत पश्चात जनता र विकास हितकालागी चाडपर्वलाई लक्षीत गरेर आपनो वडाभरी सडक सरसफाई र अप्ठेरो सडक लगभग २०० मिटर कालोपत्रे गरेको र खानेपानीमा आएका समस्याको समाधान गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

 हामीले भर्खरै उपभोक्ता समिती गठन गरेका छोै, वार्षिक बजेट भर्खर आएको र कार्यन्यनको चरणमा रहेको र योजना समेटेको अध्यक्ष कार्कीले बताउनुभयो ।

योजना अन्र्तगत महिलाकोलागी सिलाई , बुनाई ,ब्युटी पार्लर ,कपासको बत्ती काड्ने त्यसैगरी युवा तथा खेलकुदकालागी खेलमैदान बनाउने बल ,नेट ल्याइदिने र शिक्षो क्षेत्रको

लागी जिर्ण भवनलाई पक्की बनाउने साथै विद्यार्थी भर्नाकोलागी घरदैलो अभीयान राख्ने, पठनपाठनमा कडाई गर्ने , प्राविधीक शिक्षा लागु गर्ने, कृषीको लागी सिचाई नभएको ठाउँमा

मोटर वा पम्पको व्यवस्था गर्ने, र अधुरो रहेको कमलाखोलाको पुल निर्माण गर्ने, हिउँदमा मात्र चल्ने सडकलाई वर्षामा पनी चल्ने बनाउने, सबै टोलबाट वडा सम्म आउने सडक निर्माण

गर्ने र सडक नभएको ठाउँमा नयाँ सडक निर्माण गर्ने , कमला नदी करीडोर र तटबन्धन गर्ने जस्ता धेरै योजना समेटेको र समेटेको योजनालाई सफल बनाउने लक्ष्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

त्यसैगरी हाल वडाको भवन नरहेको र भाडामा बस्दै आएको बताउनुभयो र आफ्नो कार्यकाल भित्र वडा भवन निर्माण गर्दैैै आफ्नो वडालाई सुन्दर समृद्धि विकास तर्फ लैजाने अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.