Share Icon

रौतहट । मधेश प्रदेशका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री कुशवाहाले आईतबार रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् ।

कुशवाहा कृषि मन्त्री बनेपछि पहिलो पटक मधेशका किसानहरुको खेतको माटोको उर्वरा शक्ति चेकजाँच गर्ने निःशुल्क शिविर चलाएका छन् । सो क्रममा रौतहट पुगेर उनले चेकजाँचको स्थितिको बारेमा जानकारी लिएका छन् ।

यसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन समेत गरिएको हो । किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मातहतका सम्पूर्ण कर्मचारीलाई मन्त्री कुशवाहाले निर्देशन समेत दिए ।

Facebook Comments Box

Share Icon