ठक्करबाट स्कुटी चालकको मृत्यु भएपछि बसमा आगजनी

Share Icon

काठमाडाैं । मोरङमा बसले ठक्कर दिएर स्कुटी चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।

उर्लाबारी नगरपालिका– ३ नयाँ मंगलबारेस्थित पूर्व–पश्चिम राजमार्गमा बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्।

मोरङ प्रहरीका अनुसार पूर्वी नेपाल यातायतको मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट स्कुटर चालक झापा कमल गाउँपालिका– २ का ३४ वर्षीय पवन सुबेदीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

आगजनीबाट बस क्षतिग्रस्त भएको छ। प्रहरीले बसका चालक झापा कनकाई नगरपालिका– ३ बस्ने ३२ वर्षीय टंकप्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.