धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ : अध्यक्ष राना
१७ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि.मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्।
२०७४ सालमा स्थानिय तहको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका मोती रानाले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल राना वडा अध्यक्ष हुनुहुन्छ ।
२०५२ सालबाट निररन्तर रूपमा समाजिक सेवामा लागी रहनुभएका मेती राना धनगढी उप-महानगरपालिका वडा नम्बर ७ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष मोती राना ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन मोती राना उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु:ख , सु:ख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।
हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ७ का युवाहरुको ढुकढुकी भन्दा पनि फरक पर्दैन युवाहरुलाई खेलकुदका माध्यम बाट होस । यात सचेतना कार्यक्रमका माध्यम बाट होस शसक्त र आत्म निर्भर बनाउन हरदम लागिरहनु नै भएको छ ।
जितेर आएपछि धनगढी उप-महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रानाले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।
उहाँले भन्नुभयो, “ १ करोड २लाख ६३ हजार चालु आर्थिक बजेटबाट ९० प्रतिशत काम वडाको विकास निर्माणका सकि सकेको छ। बाकी १० प्रतिशत सम्पुर्ण काम बैशाख भित्र सक्ने लागीरहेका छौ ।’
खेलकुद, खानेपानि ,शिक्षा सिचाई तथा समग्र वडाका समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेको बताउनुभयो स्थानियले सदैव साथ र सहयोग गरिरहेको बताउनुभयो। । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष मोती रानाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष रानाले उल्लेख गनुभयो ।
उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”
उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। मोती रानाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।
धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ । नमुना वडा बनाउन लागीरहेकाे कुरा उल्लेख गर्नुभयाे । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाज सेवामा आबद्ध रहनुभएका रानाले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा र रानाले वताउनुभयो।
उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु । मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं।”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
धनगढी उप-महानगरपालिका वडा नम्बर ७ द्वारा गरिएका गतिबिधिकाे तस्बिरहरू








