Share Icon

१६ माघ , काठमाडाैँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाईरहेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष धनेन्द्र धमाला । उहाँ जनताको मन मुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले भन्नुभयो,  “वडामा  बाटो सडकको क्षेत्रमा स्तरउन्नती गर्दै ३२० मिटर बाटो ढलानको काम सम्पन्न भईसकेको छ । शिक्षाको क्षेत्रमा जोड दिदै दुई वटा विद्यालयमा पहिरो क्षेति नोक्सानी गर्ने ठाउँमा तार जाली लगाएर पहिरोको रोकथाम गर्ने काम गरेका छौ ।”
त्यसै गरी खानेपानी र सिचाईको लागि पानीको टयाङकी वडाको बजेटले निमार्ण गरेको र पाईपको लागि प्रदेश सरकारसंग समन्वय गरेर खानेपानी र सिचाईको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँ पहिले व्यापार व्यावसायमा आबद्ध रहेर समाज सेवाको काम पनि गर्नुभएको थियो । त्यसै वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । वडामा रहेका योजना तथा कार्यक्रमहरु माघ सम्म सम्पन्न गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडाको चौतर्फी विकासको लागि वडामा हामी निरन्तर लागि परिरहेको छौ ।”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon