Share Icon

काठमाडाैं । गण्डकी प्रदेश कास्कीको रूपा गाउँपालिकास्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् राजन खनाल ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष खनालले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष खनालले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगति भइरहेकाे बताउनु भयाे ।

साेही क्रममा वडामा रामकोट रामादी क्रस शाखा मोटर बाटोअन्तर्गत प्राविधिक, जनप्रतिनिधि र उपभोक्तासहितकाे टोलीले नापजाँच गरेकाे छ ।

काउने पोखरी देउराली हुँदै रामादीसम्म निरन्तर स्तरउन्नति गराउन गाउँपालिकाकाे प्राविधिक, जनप्रतिनिधि र उपभोक्ता सहितकाे टोलीले नापपजाँच पश्चात लागत तथा स्टिमेट बनाएकाे वडा अध्यक्ष खनालले बताउनु भयाे ।

उहाँले बाटोको भौगोलिक अवस्था हेरेर ढलान र कालो पत्र गरिने समेत जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं।’

Facebook Comments Box

Share Icon