निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष खनाल

Share Icon

काठमाडाैं । गण्डकी प्रदेश कास्कीको रूपा गाउँपालिकास्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् राजन खनाल ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष खनालले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष खनालले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगति भइरहेकाे बताउनु भयाे ।

साेही क्रममा वडामा रामकोट रामादी क्रस शाखा मोटर बाटोअन्तर्गत प्राविधिक, जनप्रतिनिधि र उपभोक्तासहितकाे टोलीले नापजाँच गरेकाे छ ।

काउने पोखरी देउराली हुँदै रामादीसम्म निरन्तर स्तरउन्नति गराउन गाउँपालिकाकाे प्राविधिक, जनप्रतिनिधि र उपभोक्ता सहितकाे टोलीले नापपजाँच पश्चात लागत तथा स्टिमेट बनाएकाे वडा अध्यक्ष खनालले बताउनु भयाे ।

उहाँले बाटोको भौगोलिक अवस्था हेरेर ढलान र कालो पत्र गरिने समेत जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.