Share Icon

♥ हस्ता विष्ट

१६ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा घनश्याम घले ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष घले अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष घले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष घलेले बताउनुभयोे ।

वडा अध्यक्ष घनश्याम घलेले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता कृषिलाई दिदैै कृषि पेशालाई व्यवसायमय बनाउनको लागि बेमौसमी तरकारी खेतिलाई प्रर्वधन गर्न टनेल वितरण गर्ने र जडिबुटि प्रशोधनको लागि नर्सरीको निमार्ण गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी पशुपन्क्षिको क्षेत्रमा घुम्ति सिविर सञ्चालन गरेर विभिन्न रोगको औषधीहरु वितरण गर्ने योजनामा रहेको वडा अध्यक्ष घलेले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा यस वडामा रहेका सामुदायिक विद्यालयमा कुनै विद्यालयमा भौतिक व्यवस्थापन गर्ने, कुनै विद्यालयमा खाजा बनाउने भान्साको निमार्ण र कुनै विद्यालयको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा महिला तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य ल्याबको व्यवस्था गरेर निशुल्क स्वास्थ्य परिक्षण गर्ने र सुत्केरी महिलाहरुको लागि पोषण कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष घलेको भनाई छ ।

उहाँले भन्नुभयो,  ” खानेपानीको क्षेत्रमा मर्मत सम्भार गरे साथ साथै घरघरमा धारा नपुगेको ठाउँमा धारा पुराउने योजनामा राखेको छौ । ”
उहाँ वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले विभिन्न संस्थामा आबद्ध भएर निरन्तर समाज सेवामा लाग्नुभएको थियो ।

महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेर रोजगारीको अवसरहरु प्रदान गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी वडामा रहेका युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदको लागि वडाबाट वजेट विनियोजन गरेका छौ ।

त्यसै गरी यस वडामा बाढि पहिरोको जोखिमको क्षेत्र रहेकोले खोला नालामा तार जालि तटबन्धन लगाउनको लागि वडाबाट विशेष जोड दिएको वडा अध्यक्ष घलेले जानकारी दिनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon