वडालाई समृद्धी र विकास तर्फ लैजादैँः अध्यक्ष तामाङ

Share Icon

१ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित खनियाबास गाउँपालिका वडा नं. ३ का कमान सिंह तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर खनियाबास गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय धादिङ जिल्ला स्थित खनियाबास गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ३ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयका शिक्षक तथा अभिभावकहरु सँग छलफल गरेर लागी परीरहेका छौँ, साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न हामीले घरदैलो अभियानमा लागीराखेका छाैँ ।”

वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई वडामै रोजगारी बनाउने लक्ष्यले कृषि क्षेत्रलाई लाई जोड दिएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै गाउँपालिकाको कृषि शाखा सँग समन्वय गरेर नगदे तथा खाद्यबालीलाई बजार सम्म पुर्याउने योजना बनाएका छौँ ।”

वडामा रहेका सडकहरुलाई व्यवस्थापन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि समाजीक क्षेत्रमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.